आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

मानवीय भावनाको विकास गरौं

    प्रकाशित २०७८ मंसिर २६, आईतबार (२ साल अघि)


प्रकाश काफ्ले
देवचुली नगरपालिका १२
प्राणीहरूमा सबैभन्दा उच्च विवेक र सक्षम प्राणी हो मानव। पृथ्वीमा जति पनि सजिव प्राणी छन् ,तिनिहरूमा सबै भन्दा सक्षम प्राणी हो- मानव। तर हिजो आज पृथ्वीमा मानवीय व्यवहार हेर्ने हो भने यति बुझ्ने क्षमता पाएको मानिस किन अबुझ भएको होला ?

मानिसलाई राम्रो / नराम्रो, गर्न हुने/नहुने छुट्टाउने क्षमता प्राप्त छ। पृथ्वीमा उत्पती भएका प्राणीहरूमा कुनै न कुनै विशेषता छन् । गाउँघरमा हुने प्राणीहरू हेर्ने हो भने कुकुर ,बिरालो ,बाख्रा, भैँसी र गोरू आदिलाई नगर भनेको काम केही समयपछि फेरी अगाडीको याताना भुलेर फेरि त्यही गल्ती गर्न पुग्छन् । यो किन भईरहेको छ भने यिनीहरुमा राम्रो/नराम्रो छुटाउने क्षमता कम हुन्छ। यिनिहरूलाई राम्रो/नराम्रो छुट्टाउने हुन धेरै समयको तालिम आवश्यक पर्छ । जनावरहरू पनि सीमित क्षेत्रमा राम्रो तालिम पाएर असल कर्म गरेका उदाहरण धेरै छन् । यस्को प्रत्यक्ष उदाहरण हाम्रै घर छेउका कुकुर सुँगाहरुमा देख्न सक्छौँ ।

आफैमा क्षमता भएको र जिन्दगीको धेरै समय ज्ञान प्राप्तमा नै खर्च गरेको मानव जाती आजकाल किन यति धेरै अज्ञानी भएका होलान्? मानिस सबै यति व्यस्त भएका छन् कि मानिसलाई आफ्नै बारेमा राम्रोसंग सोच्ने समय नै छैन।काम नभएको खाली समयमा पनि आफ्नो परिवारसंग बस्ने, गफ गर्ने , सुख दुःख साट्ने भन्दा पनि सामाजिक सञ्जालमा झुण्डिने काम मात्र गरेको छ । अझ सामाजिक सञ्जालमा मानिसहरूले लेखेको कुरा र राखेको सामाग्रीले त समाजमा कुनै पनि मानव नबुझेको नजानेको छैनन् । सामाजिक सञ्जालमा दु:खमा नआतिने र सुखमा नमातिने, सबैलाई सम्मान व्यवहार गर्ने जस्ता कुराहरू लगभव सबै मानिसहरूले लेखेको देखिन्छ । आदर्शका कुरा जसले धेरै गर्छ उसैले व्यवहारमा उतार्न नसक्ने र जसले दुःखमा नआतिने र सुखमा नमातिने पाठ धेरैलाई सिकाउछ उनै आफ्नो दुःख सहन र समस्या समाधान गर्न नसकेर आतिएको देखिन्छ । सुखमा नमातिने भन्ने ज्ञान बांँढेको विद्धान नै सुखमा धेरै मातिएर अरू कसैलाई पनि मानव हुन् भन्ने नगरेको अझ म मात्र सफल मानव अरु सबै असफल मानवको जस्तो व्यवहार गरेको पनि पाइयो । राम्रो नराम्रो छुट्टाउन सक्ने मानिसहरु अरूको दुःखमा खुसी हुने अझ यति मात्र नभई एक जना मानिस सबै कुरामा सफल र राम्रो हुँदै आएको छ । सबैलाई सकेको सहयोग गरेको छ । तर एउटा काममा जानि वा नजानी असफल हुन्छ वा गल्ती गर्छ भने यो मानवजातिले उसका सबै राम्रो बिर्सीएर एउटा नराम्रो कामको पछि लागेर उसलाई हौसला भन्दा पनि उसलाई निराश गराउने, सबैले उसको साथ छोड्ने गर्छन् । ती मानिसहरुले सकेको नराम्रो कुरा मात्र एक अर्कोमा प्रवाह गर्छन् । मानिस यति सम्म स्वार्थी भएको छ कि भोलि आफुलाई पनि दुःख पर्ला र उसको साथ चाहिएला भन्ने पनि ख्याल नगरी उसको खुट्टा तान्ने काम गर्छन्।

एउटा कुरा सुन्दा तितो लाग्ला की प्राणीहरूमा सबैभन्दा बढी विवेक भएको प्राणी हो , मानव । त्यति नै स्वार्थी प्राणी हो, मानव। फेरि पनि एउटा कुरा सत्य हो ,स्वार्थ नभएको भए यो सृष्टि नै चल्ने थिएन । अझ नेपाली समाजमा धेरै स्वार्थले काम गर्छ । एउटा चक्र छ । एउटा केटा र केटी पनि एउटा जिन्दगीको चक्र पार गर्ने वा एक अर्को सँग नजिक नभईकन दुवैको स्वार्थ पूरा हुदैन भन्ने थाहा पाएर नजिक हुन्छन् वा नजिक गराईन्छ । अनि उनीहरुले जिन्दगी सफल गराउन भन्दै सन्तान जन्माउछन् | आफूलाई भन्दा धेरै माया गरेर किनभने आफू नसक्ने भएको बेला साहारा हुन्छ भनेर सन्तानमाथि पनि स्वार्थ,मान ईज्जत लुकेको हुन्छ। नलुकेको भए निसन्तान जोडी किन दुःखी हुन्थे होला? यसबाट के निष्कर्ष आउँछ भने आफुलाई भन्दा बढी माया गर्ने बुबाआमामा त केही न केही स्वार्थ हुन्छ भने पछि जोडिएको अरु धेरै सम्बन्धहरूबाट निस्वार्थ मायाको के आश गर्ने ?

पृथ्वी गोलो छ त्यसकारण अनिश्चित जिन्दगीमा कहाँ कहिले कसलाई के पर्छ भन्ने थाहा छैन । त्यसकारण सबैले सबैलाई माया गरौँ । सके सहयोग गर्ने बानीको विकाश गर्ने ,नसके एकले अर्कोको खुट्टा तान्ने अर्कोलाई असर पुग्ने व्यवहार नगर्ने बानीको विकास गर्ने हो भने पनि केहि हदसम्म जिन्दगी सफल र खुसी हुन्छ, आफ्नो पनि अरूको पनि ।

Write your Comment