आज:  २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025 Search
FLASH NEWS

अर्थ मन्त्रालयका कर्मचारीविरुद्ध गुनासो सिधै मन्त्रीलाई गर्न सकिने

    प्रकाशित २०८२ आश्विन ७, मंगलबार (२ हफ्ता अघि)


काठमाडौँ । अर्थ मन्त्रालयले सेवाग्राहीलाई घुस माग्ने, अनावश्यक दुःख दिने वा काममा ढिलासुस्ती गर्ने कर्मचारीविरुद्ध सिधै अर्थमन्त्री रामेश्वर खनाललाई गुनासो गर्न सकिने व्यवस्था गरेको छ।

सुशासन कायम गर्न र सेवाप्रवाहलाई प्रभावकारी बनाउन गरिएको यो कदमअन्तर्गत सेवाग्राहीले कर्मचारीको गैरजिम्मेवारपूर्ण व्यवहारबारे तत्काल जानकारी गराउन सक्नेछन्।

गुनासो गर्नका लागि ईमेल [email protected]  वा [email protected] प्रयोग गर्न सकिनेछ। त्यस्तै, टोल फ्री हटलाइन १८१०५०००४१० मा पनि सम्पर्क गर्न सकिन्छ।

मन्त्रालयले गुनासो व्यवस्थापनलाई सहज बनाउन उपसचिव निरन भट्टराई (९८५१४०५२६५) र शाखा अधिकृत पवित्रा जवाली (९८५१४०५२७५) लाई सम्पर्क व्यक्ति तोकेको जनाएको छ।

Write your Comment