आज:  २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025 Search
FLASH NEWS

रवि लामिछाने कारागारबाट बाहिरिनुको कारणको पार्टीद्वारा प्रष्टीकरण

    प्रकाशित २०८२ आश्विन ७, मंगलबार (२ हफ्ता अघि)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्किएको विषयमा पार्टीले प्रष्टीकरण दिएको छ। मंगलबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले रविको बचाउ गर्दै प्रष्टीकरण दिइन्।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका रविलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनको अवसरमा पार्टी नेताहरूले बाहिर निकालेको आरोप लागेको थियो। यसले चौतर्फी आलोचना समेत पाएको थियो।

तर रावलका अनुसार, भदौ २४ गते कारागार प्रशासनबाट रविको सुरक्षाका लागि बारम्बार फोन आएको थियो। “एक पटक मात्र होइन, दशौँ पटक दशौँ व्यक्तिलाई फोन आएको थियो। त्यसपछि उहाँ निस्किनुपर्ने अवस्था आएको हो,” रावलले भनिन्।

Write your Comment