आज:  २०८२ कार्तिक १५, शनिबार | Sat, 01, Nov, 2025 Search
FLASH NEWS

पाँचौं जितिया कप महिला फुटबल : हेल्पफुल साइमन स्पोर्ट्स र अभिषेक चर्च रजहर फाइनल प्रवेश

    प्रकाशित २०८२ भाद्र ३१, मंगलबार (१ महिना अघि)


देवचुली । कावासोती १२ मा संचालित पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिताको मंगलबारका खेलमा विजयी हुँदै हेल्पफुल साइमन स्पोर्ट्स र अभिषेक चर्च रजहर फाइनल प्रवेश गरेका छन् । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा हेल्पफुल साइमन स्पोर्ट्सका विरुद्ध राप्ती नगरपालिकाबिचको खेलमा हेल्पफुल साइमन स्पोर्ट्स विजयी भएको हो ।


हेल्पफुल साइमन स्पोर्ट्सले राप्ती नगरपालिकालाई १-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलमा हेल्पफुल साइमन स्पोर्ट्सबाट सुशीला केसीले गरेकी थिइन् । पहिलो खेलमा हेल्पफुल साइमन स्पोर्ट्सका सुशीला केसी म्यान अफ दि म्याच भएकी थिइन् ।

मंगलबार भएको अभिषेक चर्च रजहरका विरुद्ध डायमण्ड युथ सोसाइटी बीचको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो । अभिषेक चर्च रजहरले डायमण्ड युथ सोसाइटीलाई ७-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । खेलमा अभिषेक चर्च रजहरबाट यशोदा चिरालले ५ गोल, सेनु परियार र इशा चौधरीले १/१ गोल गरेका थिए । दोस्रो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहरकी यशोदा चिराल म्यान अफ म्याच भएकी थिइन् ।


नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत बिहीबार हेल्पफुल साइमनका विरुद्ध अभिषेक चर्च रजहरका बिच फाइनलका खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment