आज:  २०८२ मंसिर १२, शुक्रबार | Fri, 28, Nov, 2025 Search
FLASH NEWS

झिमरुक नदीमा बगेर १० वर्षीया बालिका बेपत्ता

    प्रकाशित २०८२ आश्विन ७, मंगलबार (२ महिना अघि)


प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–८ गोब्दीकी १० वर्षीया खुशी सामत झिमरुक नदीमा बगेर बेपत्ता भएकी छन्। पिमबहादुर सामतकी छोरी खुशी सामत सोमबार दिउँसो नदीमा नुहाउने क्रममा बगाएको प्रहरीले जनाएको छ।

झिमरुक–७ स्याउलीघारीस्थित नदीमा पौडी खेल्ने क्रममा खुशीलाई बगाएको देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय र स्थानीयवासीको टोलीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

Write your Comment