आज:  २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकाद्वारा प्लाष्टिकजन्य फूलगुच्छा तथा माला बिक्री वितरणमा रोक

    प्रकाशित २०८२ आश्विन २८, मंगलबार (३ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छा, मालाको प्रयोग, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाएको छ ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड तिहारमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामाग्रीहरुको प्रयोग, आयात, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएकोछ । साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने, स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने साथै ठूलो धनराशि बाहिरिने जस्ता समस्या भएकोले नगरपालिका भित्रका कृषकहरूले उत्पादन गरेका सयपत्री, गोदावरी, मखमली लगायतका प्राकृतिक रुपमा उत्पादन भएका फूलहरू एवं सो बाट बनेका मालाहरू मात्र प्रयोग गर्न समेत नगरबासीलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा प्लाष्टिकजन्य फूल तथा मालाहरु प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा उक्त सामानहरु नगरपालिकाबाट जफत गरिनुका साथै कानून बमोजिम जरिवाना गरिने समेत जनाईएको छ ।

Write your Comment