आज:  २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025 Search
FLASH NEWS

पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि हेल्पफुल साइमन स्पोर्ट्सलाई

    प्रकाशित २०८२ आश्विन ३, शुक्रबार (१ घण्टा अघि)


देवचुली । कावासोती १२ मा संचालित पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि हेल्पफुल साइमन स्पोर्ट्स जितेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा बिहीबार भएको हेल्पफुल साइमन स्पोर्ट्सका विरुद्ध अभिषेक चर्चबिचको फाइनल खेलमा विजयी हुँदै हेल्पफुल साइमन स्पोर्ट्सले उपाधी जितेको हो ।


फाइनल खेलमा हेल्पफुल साइमन स्पोर्ट्सले अभिषेक चर्च रजहरलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछी खेल ट्राइबेकरमा गएको थियो । प्रतियोगिताको बिजेता हेल्पफूल साइमन स्पोर्ट्सले नगद ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता अभिषेक चर्च रजहरले नगद ३७ हजार ५ सय रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलमा हेल्पफुल साइमन स्पोर्ट्सका करुणा बुढाथोकी प्लेयर अफ दि म्याच भएकी थिइन् । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी हेल्पफुल साइमन स्पोर्ट्सका प्रतीक्षा ठकुरी, सर्वाधिक गोलकर्ता अभिषेक चर्च रजहरका यशोदा चिराल र सर्वोकृष्ट गोलरक्षकमा हेल्पफुल साइमन स्पोर्ट्सका करुणा बुढाथोकी भएका थिए । प्रतियोगितामा नवलपुर र चितवनका ८ टिमको सहभागिता रहेको थियो ।


भोदी तथा महिला फुटबल प्रतियोगिताका संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, कावासोती-१० का वडा अध्यक्ष टेकनारायण महतो, कावासोती-१३ का वडा अध्यक्ष लालबहादुर गुरुङ्ग, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । समापन सत्रको उदघाटन सत्रका कावासोती-१२ का वडा अध्यक्ष ध्रुव खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण अम्बिका तिवारीले गर्नुभएको थियो ।

Write your Comment