आज:  २०८२ कार्तिक १, शनिबार | Sat, 18, Oct, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन प्रथम

    प्रकाशित २०८२ कार्तिक १, शनिबार (२ घण्टा अघि)


देवचुली। देवचुली नगरपालिकामा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। देवचुली नगरपालिकाको आयोजना, पृथ्वी माध्यमिक विद्यालयको संयोजन र देवचुली नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा संचालित प्रतियोगितामा १४ स्वर्ण, ९ रजत र १४ कास्य पदक सहित भीमसेन आदर्श माध्यमिक विद्यालय नगरमा प्रथम भएको हो ।


प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ५ कास्य पदक सहित वरचुली माध्यमिक विद्यालय द्वितीय भएको छ भने ९ स्वर्ण,७ रजत र २ कास्य सहित नेपाल माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ। नगरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

देवचुली नगरपालिकामा रहेका १७ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा देवचुली माध्यमिक विद्यालयले ७ स्वर्ण, ६ रजत र ४ कास्य पदक, सकलादेवी माध्यमिक विद्यालयले ४ स्वर्ण,९ रजत र ८ कास्य पदक, पृथ्वी माध्यमिक विद्यालयले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक, कालिका माविले २ स्वर्ण र ४ कास्य पदक, जन ज्योति माध्यमिक विद्यालयले १ स्वर्ण, ८ रजत र ५ कास्य पदक, जनज्योति नमूना माध्यमिक विद्यालयले १ स्वर्ण,१ रजत र १ कास्य पदक, अमर इङलिस बोडिङ स्कुलले १ स्वर्ण र २ कास्य पदक, ओएसिस ईङ्लिस बोडिङ स्कुलले १ स्वर्ण, दिव्य एकेडेमीले १ रजत र ६ कास्य पदक, विश्वज्योति माध्यमिक विद्यालयले १ रजत र ४ कास्य पदक, दिव्यज्योति आधारभूत विद्यालयको २ कास्य पदक र वाइज भिजन माविले १ कास्य पदक प्राप्त गरेका छन् ।


त्यसै गरि मार्च पासमा नेपाल माध्यमिक विद्यालय प्रथम, देवचुली माध्यमिक विद्यालय द्वितीय र अमर बोडिङ स्कुल तृतीय भएका छन् । एथलेटिक्सतर्फ सर्वोकृष्ट छात्रा वरचुली माविकी सजल सारु र छात्र देवचुली माविका शक्ति खनाल, भलिबल तर्फ सर्वोकृष्ट छात्रा वरचुली माविकी चनिसरा सिंजाली र छात्र भीमसेन आदर्श माविका बबिन बाह्रघरे भएका छन् भने कबड्डीतर्फ सर्वोकृष्ट छात्रा वरचुली माविकी मुस्कान गुरुङ र छात्र देवचुली माविका दिलिप शर्मा भएका छन् ।

पृथ्वी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर घर्ती मगरको अध्यक्षता भएको पुरस्कार वितरण कार्यक्रममा देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि देवचुली १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।


असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म संचालित प्रतियोगिताको पुरस्कार शनिबार वितरण गरिएको हो। कार्यक्रममा पदक जित्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

Write your Comment