आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कुमार नगरकोटीको कुहिरो

    प्रकाशित २०७८ श्रावण ३, आईतबार (२ साल अघि)


एम बि खडका
सिङ्गो धर्तिलाई घ्वाप्लक्कै छोपेर
कुहिरो बिस्वसाम्राज्य चलाउन आएको छ
घामको साम्राज्य बिस्थापित भएको छ
घाम स- सना टुक्राहरुमा टुक्राटुक्रा भएर
अलप भएको छ

कहाँ कुन कारखामा उत्पादन भयो
यति धेरै कुहिरो ?
कसले गर्यो आकास ढाक्न पुग्ने कुहिरोको खेती
हिमाल छोपिएको छ
अग्ला पहाड छोपिएका छन
नदिनाला हराएका छ्न कतै
खेतबारी अनि तिम्रो गाउँ पुग्ने गोरेटो हराएको छ
कसले बनायो यति बिघ्न कुहिरो ?
कि यो कुमार नगरकोटीको कुहिरो हो ?

फराकिलो सडक हराएको छ
घ्यार्‍र घुर्‍ र झिंजो लाउदैन सडक
पुरै गाउँ बसाइँ सरेको जस्तो
खैलाबैला गर्दैनन केटाकेटी

म यस्तै यस्तै बिहानको खोजीमा हिडेको हुं
आँफैले लखेटेर भिडहरुबाट आँफैलाई
हराउन आएको हुं म
आँफैले खोजेर आँफैलाई
भेट्टाउन आएको हुं म

बिहान कुहिरिलो छ
दिन र साँझ कुहिरिलो छ
घाम कुहिरो ओढेर निदाईरहेछ
आऊ तिमी र म एकै छिन
यो सुनसान कुहिरो भित्र लुकेर
अलिकती पिरतीका कुरा गरौं
कि त कहिल्यै नसुधि्रएको
देशको सुदुर भबिस्यको कुरा गरौं ।

Write your Comment