आज:  २०८२ कार्तिक ९, आईतबार | Sun, 26, Oct, 2025 Search
FLASH NEWS

नवप्रगति यूवा क्लबको अध्यक्षमा श्रीकृष्ण विश्वकर्मा चयन

    प्रकाशित २०८२ कार्तिक ९, आईतबार (४ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १५ मा रहेको नवप्रगति यूवा क्लबको अध्यक्षमा श्रीकृष्ण विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार भएको अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

जसको उपाध्यक्ष श्रीजना अधिकारी, सचिवमा कृष्णप्रसाद भट्टराई, सहसचिवमा स्वयम पौडयाल, कोषाध्यक्षमा चोवाकला टण्डन र सदस्यहरुमा दुर्गा टण्डन र जानुका पौडेल सर्वसम्मत चयन गरिएको हो । समिति चयनका लागि साधारण सभाले भुपती रानाभाटको संयोजकत्वमा चन्द्रहरी अर्याल र महेश रानाभाट सदस्य रहने गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

नवप्रगति युवा क्लबका अध्यक्ष सुरजकान्त सुबेदीको अध्यक्षतामा भएको साधारणसभामा देवचुली-१५ का वडा अध्यक्ष सुरेश रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

Write your Comment