आज:  २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025 Search
FLASH NEWS

फेसबुकसहितका दर्ता नभएका सामाजिक सञ्जाल आजैबाट बन्द हुने

    प्रकाशित २०८२ भाद्र १९, बिहिबार (४ घण्टा अघि)


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नगरिएका सामाजिक सञ्जाल नेपालमा आज (भदौ १९ गते) बाट बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाललाई तत्कालै रोक लगाउने निर्णय गरेको हो।

यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने निर्देश दिएको थियो। तर, सो निर्देशनलाई पालना नगरेपछि मन्त्रालयले आजैदेखि क्रमशः बन्द गर्ने नीति लिएको हो।

‘सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजबाट क्रमशः बन्द हुन्छन्,’ मन्त्रालय स्रोतले जनाएको छ।

सरकारको यस निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।
अहिलेसम्म मन्त्रालयमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

Write your Comment