आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

हो त रहेछ असार पन्ध्र

    प्रकाशित २०७८ अषाढ १५, मंगलबार (२ साल अघि)


एम बि खडका
एता गाँउतिर एउटा खेती छ
उता शहर तिर अर्को खेती छ
एता खेतका गरा तिर
बाउसे रोपार हिलो छ्यापाछ्याप गर्छन
र रोपाईं जात्रा मनाउछन
उता शहरका महल तिर मालिकहरु
उस्तै गरि हिलो छ्यापाछ्याप गर्छन
र भैंसी जात्रा मनाँउछन

असार १५ धान पर्व रे
खेत देखे पनि नदेखे पनि
माटो टेके पनि नटेके पनि
शक्ति र सितलता पाउन
मान्छे दही चिउरा खान्छन
दही चिउरा खाए पनि नखाए पनि
दही चिउरे कुरा गर्न छोडदैनन

एता गाँउतिर एउटा खेती गर्छन
उता शहर तिर अर्को खेती गर्छन
म सानो छदा स्कुलमा
नेपाल कृषिप्रधान देश हो भन्थे गुरुले
हो त रहेछ
गुरु वचन सँधै सत्य हुन्छ भन्थे बा
हो त रहेछ ।

Write your Comment