आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

स्वर्ग जस्तै राम्राे मेराे देवचुली

    प्रकाशित २०८० मंसिर १९, मंगलबार (४ महिना अघि)


प्रकृतिले सुन्दर भाकाे समथर र चुली
आँखाकाे याे नानी बालमैत्री मेराे देवचुली !

स्वर्ग जस्तै रमणीय बस्न याेग्य भूमि
मुटुकाे नै टुक्रा हाे याे मेराे देवचुली !!

शिखर चढ्दा लालिगुँरास समथरमा गैंडा
प्रकृति र संस्कृतिकाे खानी मेराे देवचुली !!!

काैरा, भजन, साेरठी र लाखे अनि झाम्टा
सहिष्णु छ गाउँ सहर बस्न याेग्य मेराे देवचुली !!!!

प्रकृतिले सुन्दर भाकाे समथर र चुली
मुटुकाे नै टुक्रा हाे याे मेराे देवचुली !

प्रकृतिकाे माया पाई सुन्दरताकाे लालि
विकासले सिञ्चित गराैं मेराे देवचुली !!

लाेकाहा, देउसत , मुकुण्डे र झराही
बसाैं मिलि जुटाैं अब छैन कोही पराई !!!

-खिमानन्द भुसाल 

Write your Comment