आज:  २०८१ माघ १, मंगलबार | Tue, 14, Jan, 2025 Search
FLASH NEWS

सशक्तिकरण नारी

    प्रकाशित २०७८ फागुन २४, मंगलबार (२ साल अघि)


आउ नारी सबै मिली हिंसाको अन्त्य गरौं
समाजमा भएका कुसंस्कृती हटाउन हामी अघि सरौं
अब पछि पर्‍यौं भने पर्न सक्छौ पछाडि
एकतामा बल हुन्छ उठौं सबै नारी ।

अधर्म र कुसंस्कृति व्यापक छ गाउँघरमा
महिला भन्दै हप्काएर छुट्याउँछछन् हाम्रै गाउँठाउँमा
देश पछाडि पर्नु भनेकै यस्तै विकृति हो
ऐन नियम कानुन भए नि फितलो कार्यान्वयन हो

नारीहितको आवाज उठाउन सार्नुपर्छ अगाडी
अब पछि पर्नुहुन्न हामी सचेत नारी
आफू पनि सचेत भई समाज सचेत बनाऔं
समाजमा भएका हिंसा रोक्न हामी अघि सारौं

आउ नारी सबै मिली जुटौं हिंसा रोक्न,
आफ्नो कदम आएको जिम्मेवारी बोक्न ।

-मान्सु न्यौपाने
किशोरी अभियन्ता,कावासोती नगरपालिका
किशोरी शसक्तिकरण कार्यक्रम

Write your Comment