आज:  २०८२ मंसिर ११, बिहिबार | Thu, 27, Nov, 2025 Search
FLASH NEWS

अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिता: पहिलो चरणका खेल सम्पन्न

    प्रकाशित २०८२ मंसिर ११, बिहिबार (२ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालन भएको अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिता अन्तरगत पहिलो चरणका खेल सम्पन्न भएका छन् । प्याब्सन देवचुलीको आयोजनामा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागिता रहने गरि देवचुली नगर रंगशाला देवचुली-१० मा संचालन भएको प्रतियोगिता अन्तरगत बुधबार पहिलो चरणका ५ वटा खेलहरु सम्पन्न गरिएको हो ।


प्रतियोगिताको पहिलो दिन विश्व ज्योति आवासीय मावि, मुनलाइट पब्लिक एकेडेमी, पाठशाला मन्टेश्वरी, ओएसिस एकेडेमी र नेक्सस मन्टेश्वरीले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको उदघाटन खेलमा विश्वज्योती आवासीय माविले कुमारवर्ती इङ्गलिस बोर्डिङ्ग स्कुललाई हराएको हो । त्यसै गरि दोस्रो खेलमा मुनलाइटले नवल इङ्गलिस बोर्डिङ स्कुललाई हराएको छ भने तेस्रो खेलमा पाठशालाले अमर इङ्गलिस बोर्डिङ स्कुललाई हराएको हो । प्रतियोगिता चौथो खेलमा ओएसिसले वाइज भिजन इङ्गलिस बोर्डिङ स्कुललाई हराउँदा नेक्ससले दिव्य एकेडेमीलाई हराउँदै दोस्रो चरण प्रवेश गरेको हो ।


प्रतियोगिता अन्तरगत बिहीबार दोस्रो चरणका खेल सँगै फाइनल खेल समेत हुने खेल संयोजक वेदराज सापकोटाले जानकारी दिनुभयो ।

Write your Comment