

देवचुली । देवचुली १३ दलदलेमा डिआर आईटी फिजियोथेरापी सेन्टर संचालनमा आएको छ । देवचुली ११ का इन्द्रजित तिवारीले दलदले बजार व्यवस्थापन समितिको भवनमा शनिबारबाट फिजियोथेरापी सेन्टर संचालनमा ल्याएका हुन् । दैनिक रुपमा थेरापी गर्नुपर्ने बिमारीहरुलाई अन्य स्थानमा जानुपर्ने बाध्यता हटाउनका लागि दलदले बजारमै थेरापी सेन्टर संचालनमा ल्याइएको हो ।

विशेषज्ञको टिमबाट बाथ रोग तथा जोर्नीको दुखाई, युरिक एसिड, ढाड, घुँडा, घाँटी र मांसपेशीको दुखाई, फ्रोजन सोल्डर, नसा च्यापिएको, साईटिका, हात खुट्टा पोल्ने, झमझमाउने र दुख्ने, प्यारालाईसिस, न्यूरो मस्कुलर समस्या लगायतको फिजियोथेरापी उपचार गरिने संचालक इन्द्रजित तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार देवचुली नगरपालिकामा कम सेवा शुल्कमा विशेषज्ञ सहितको उपचार गरिने छ । बिमारीको सहजताका लागि घरमै गएर पनि सेवा दिन सकिने व्यवस्था मिलाइएको संचालकको भनाई छ ।