आज:  २०८२ मंसिर १७, बुधबार | Wed, 03, Dec, 2025 Search
FLASH NEWS

देवचुलीमा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

    प्रकाशित २०८२ मंसिर १७, बुधबार (५ घण्टा अघि)


देवचुली । देवचुलीमा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस बुधबार खेलकुद प्रतियोगिता गरि मनाइएको छ । ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ कार्यक्रम गरी दिवस मनाइएको हो । देवचुली नगरपालिकाको आयोजना, देवचुली नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा खेलकुद कार्यक्रम गरिएको हो ।


देवचुली नगरपालिका सामाजिक विकास समितिका संयोजक भूमिसरा थापाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटनमा अपाङ्गता समन्वय समिती देवचुलीका संयोजक तथा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत अपाङ्गता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बुधबार अपाङ्गता भएका व्यक्तिका लागि छैंटो फुटाल्ने खेल, म्युजिकल चियर, व्हिलचियर दौड र चित्रकला प्रतियोगिता गरिएको देवचुली नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विमला लम्सालले जानकारी दिनुभयो । छैंटो फुटाल्ने खेलमा लिला खडका प्रथम, लक्ष्मी कार्की द्वितीय र केशव खनाल तृतीय भएका थिए । म्युजिकल चियरतर्फ सृष्टि काफ्ले प्रथम, अशोक भट्टराई द्वितीय, लक्ष्मी कार्की तृतीय र लिला सापकोटा सान्त्वना भएका थिए भने व्हिलचियर दौड तर्फ मोहन गिरी प्रथम, गितादेवी बरुवाल द्वितीय र विक्रम राना तृतीय भएका थिए । त्यसै गरि चित्रकला प्रतियोगिता तर्फ इच्छा वरुवाल प्रथम, नविना भट्टराई द्वितीय, प्रिया अर्जेल तृतीय र पुजा रानाभाट सान्त्वना भएका थिए । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद सहित मेडल प्रदान गरिएको थियो ।


कार्यक्रममा नगर भित्रका १०० जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाटन सत्रको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका निर्मला पौडेलले गर्नुभएको थियो ।

Write your Comment