आज:  २०८२ मंसिर १६, मंगलबार | Tue, 02, Dec, 2025 Search
FLASH NEWS

अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिताको उपाधि भृकुटीलाई

    प्रकाशित २०८२ मंसिर १६, मंगलबार (१ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित अन्तर संस्थागत विद्यालय आधारभूत तहस्तरीय फुटबल प्रतियोगिताको उपाधि भृकुटी इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ । प्याब्सन देवचुलीको आयोजनामा कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागिता रहने गरि देवचुली नगर रंगशाला देवचुली-१० मा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा मंगलबार भृकुटी विजयी हुँदै उपाधी जित्न सफल भएको हो ।


प्रतियोगिता अन्तर्गत भृकुटी इङ्गलिस बोर्डिङ स्कुल र पाठशाला मन्टेश्वरीबीच भएको फाइनल खेलमा भृकुटीले विजय भएको हो । भृकुटीले पाठशालालाई ३-० गोल अन्तरले हराउँदै उपाधी जितेको हो । उपाधि बिजेता र उप बिजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो ।

प्याब्सन देवचुलीका अध्यक्ष सन्तबहादुर क्षेत्रीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन सत्रमा देवचुली नगरपालिकाका शाखा प्रमुख रामप्रसाद शर्मा, शिक्षा अधिकृत नन्दलाल ढकाल, संस्थागत विद्यालयका प्रिन्सिपल, शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताबाट सानो उमेरमा अध्ययन गर्ने विद्यार्थीले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त भएको र सानो उमेरदेखि नै विद्यार्थीलाई पढाइ सँगसँगै खेलप्रति रुचि जगाउनका लागि प्रतियोगिता सफल भएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।


प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो । विश्वज्योती आवासीय मावि, कुमारवर्ती इङ्गलिस बोर्डिङ स्कुल, मुनलाइट पब्लिक एकेडमी, न्यु नवल इङ्गलिस बोर्डिङ स्कुल, अमर इङ्गलिस बोर्डिङ स्कुल, पाठशाला मन्टेश्वरी, वाइज भिजन बोर्डिङ स्कुल, ओयसिस एकेडेमी, नेक्सस मन्टेश्वरी, दिव्य एकेडेमी र भृकुटी इङ्गलिस बोर्डिङ स्कुलको सहभागिता रहेको कार्यक्रम संयोजक वेदराज सापकोटाले जानकारी दिनुभयो ।

Write your Comment