

नवलपुर । नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सनलाइट सामुदायिक विकास केन्द्र, कावासोती-१६ को आयोजना, कावासोती नगरपालिकाको प्रवर्द्धन र कावासोती नगरपालिका वडा नम्बर १६ को समन्वयमा पुस ५ गतेदेखि पुस १६ गतेसम्म पहिलो पटक गोल्ड कप संचालन हुन लागेको हो ।
कावासोती नगरपालिकाको २ टिमसहित देशभरका १२ टिमको सहभागिता रहने प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको बिजेता हुने टिमले ३ लाख १ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप- बिजेता हुने टिमले नगद १ लाख ५० हजार १ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमले २५/२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको आयोजक सनलाइट सामुदायिक विकास केन्द्रका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिए ।