आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

नारीको पीडा

    प्रकाशित २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)


आज यो देशमा के हुँदैछ
हरेक दिन नारीमाथि बलात्कार र हिंसा बढिरहेछ

कहिले सुनिन्छ नारीमाथि हिंसा भयो रे अनि
कहिले सुनिन्छ बुहारीको हत्या गरियो

छोरी बिरामी हुँदा रातभर ननिदाउने आमाले
बुहारी बिरामी हुदा नाटक भन्दै गाउँ भरि हिड्ने

सायद नारी हिंसा बढ्नुमा हामी नारीकै दोष छ
त्यसैले त भन्ने गरिन्छ नारीको लागि नारी मै खोट छ

नारी जन्मेपछि जन्मघरको पिँडीमा हिंसा हुन्छ
अनि बिहे पछि श्रीमान र सासुको घरमा हिंसा

सानो छँदा भन्ने गरिन्छ तिमी छोरी हो
त्यसैले तिमी हाम्रो घरको इज्जत पनि हो

आखिर यो समाज किन नारीकै पछि परेको छ
नारी नै किन हरेक हिंसाको सिकार बन्नुपरेको छ

एउटा घरमा छोराले चार श्रीमती ल्याउँदा फरक नपर्ने यो समाजमा
एक नारीले बिग्रेको घर बनाउन दोस्रो विवाह गर्दा दाग लाग्ने रे उसको नाममा

अनि कुनै नारी पनि कति निष्ठुरी
अर्की नारीको घर बिगार्दा उसको मन नदुख्नी

हरेक भाषणमा नारी अधिकारका कुरा गरिने हाम्रो देशमा
गिद्धे नजरले हेरिन्छ नारीको शरीर अनि भेषमा

अझैपनि कति चेलि गोठमा बस्न बाध्य छन् भने कति मन्दिरमा
दाइजोको निउमा मारिएका छन् चेलि आफ्नै दरबारमा

अब उठ नारी हामी सबै मिली आफ्नो नाम बनाउनुछ
अनि स्वयं आफ्नो एक घर बनाउनु छ

जहाँ हामी कसैको अधिनमा बस्न पर्ने छैन अनि
माइतीले घर अनि घरकाले माइत जा भन्न पाउने छैन

हामी इन्टरनेटको नजिक छौ तर पनि
आज हामी यसैको सिकार बन्न पुगेका छौ

इन्टरनेट नराम्रोको लागि होइन हजुर सिक्नको लागि बनाएको हो
त्यसैले त आज कक्षा पनि इन्टरनेटबाट नै सन्चालन गरिएको हो

भनिन्छ समाज बिग्रनुको पछाडि इन्टरनेटको हात छ
तर कसलाई के थाहा सहि प्रयोग गरियो भने यसैमा सुनौलो भविष्य रहेको छ

त्यसैले अब इन्टरनेटको सहि प्रयोग गरौं
इन्टरनेटबाट सदुपयोग गरी सुनौलो भविष्यको बाटो रचौँ ।

-(शारदा पाण्डे, ट्याग किशोरी
लुम्बिनी तिनाउ पुस्तकालय )

Write your Comment