आज:  २०८२ कार्तिक १४, शुक्रबार | Fri, 31, Oct, 2025 Search
FLASH NEWS

जेनजी आन्दोलनका क्रममा हुप्सेकोट प्रहरी चौकी आक्रमणमा संलग्न सात जना पक्राउ

    प्रकाशित २०८२ कार्तिक १४, शुक्रबार (७ घण्टा अघि)


नवलपुर । जेन जी आन्दोलनको क्रममा हुप्सेकोटस्थित प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३० वर्षका नरबहादुर विक, सोही ठाउँका ३२ वर्षका चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा, ३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका शुबलाल थापा रहेका छन् ।

प्रहरीका अनुसार हुप्सेकोट गाउँपालिका–१ बेलुवा स्थित प्रहरी चौकीमा अनाधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूलाई नवलपुर जिल्ला अदालत (नवलपरासी बर्दघाट सुस्ता पूर्व) बाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Write your Comment