आज:  २०८१ माघ ४, शुक्रबार | Fri, 17, Jan, 2025 Search
FLASH NEWS

बलात्कारी सिकारीको विनाश गरौं

    प्रकाशित २०७८ भाद्र १२, शनिबार (३ साल अघि)


कस्तो जमाना आयो, मानिस भन्दा पशु बरु सुरक्षित हुन थाले,
पापिहरुले ईज्जत किन्नका लागि पैसा फाल्न थाले
पिडित महिलालाई भने त्यही पैसाले मुख थुनिदि हाले ।

नारीलाई साझ नपर्दै घर फर्कि भनेर सिकाउने ।
राक्षस चाहि त्यही साझ नपर्दै घर फर्कन नसकेकी
नारीका ईज्जत लुट्दै सरकारलाई बिकाउने ।

जाग नारी अब त्रासमा कत्ति बस्नु पर्दैन ,
हामी एक जुट भयौं भने अब कोही मर्दैन ।
आवाज उठाऔं पापिहरुको विनाश गर्न जाऔं
हातेमालो गर्दै एकजुट हुनलाई अघि बढौं ।।

पिडितको चोटलाई मलमले भरौं ।
बलात्कारी पापीहरुको हामी अन्त्य गरौं ।
बलात्कारी पापीहरुको हामी अन्त्य गरौं ।।

-शशी कार्की क्षेत्री
साथी शिक्षक, कावासोती
किशोरी सशक्तीकरण कार्यक्रम

Write your Comment