आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

देश विकासमा युवाको भूमिका

    प्रकाशित २०७८ श्रावण २८, बिहिबार (२ साल अघि)


आजका बालबालिका नै हुन्,भोलिका कर्णधार
गुणस्तरीय शिक्षा दिई बनाउनु छ जिम्मेवार ।
नेता मात्र होइन अब,युवा पनि जाग्नुपर्छ
आफ्नो सीप र कला अब,आफ्नै देशमा खर्चनुपर्छ।।

सीप र कला देखाएर,चिनाएका छन् देशलाई
युवा अब अघि बढ्नुपर्छ,देशको विकास गर्नलाई ।
सुरुवात आफैबाट गर्नुपर्छ अब
सबै मिली चेतनाको दिप छर्नुपर्छ अब।।

युवालाई अब राहधानी होइन्,आफ्नै देशमा रोजगार देऊ
सीप र कला उनीहरुलाई अब,आफ्नै देशमा खर्चन देऊ ।
क्षमता अनुसारको उनीहरूलाई,जिम्मेवारी देऊ
परिवर्तनको किरण छर्न सक्छन्,युवालाई अब अवसर देऊ।।

( बिन्जु अर्याल
ट्याग किशोरी ,झुवानी सामुदायिक पुस्तकालय )

Write your Comment