आज:  २०८२ माघ ४, आईतबार | Sun, 18, Jan, 2026 Search
FLASH NEWS

महिला हिंसा

    प्रकाशित २०७८ श्रावण २२, शुक्रबार (४ साल अघि)


उठ्ने सम्म उठ्ने गर्छ, नारी हितका कुरा
कस्तो बिडम्बना हो कहिल्यै हुँदैन पुरा ।।
बरु चलाउँछन् चलि रहन्छन् ठाउँ ठाउँमा नारी माथि छुरा
अनगन्ती लुटिन्छिन् नारी इज्जतका कुरा ।।

छोरा नजन्माएको निहुँमा सौता हालि मागिन्छे नारी
दाइजो नल्याएको निहुँमा जलाई मारिन्छे नारी ।।
आउ सबै नारी मिली जुटौं नारी हिंसा रोक्न
आफ्नो काँधमा आएको जिम्मेवारी बोक्न ।।

उठ्ने सम्म उठ्ने गर्छ, नारी हितका कुरा
कस्तो बिडम्बना हो नारी हित कहिल्यै हुँदैन पुरा ।।
पिडाहरु नारीले पाउन सम्म पाइयो
अब हाम्रो समाजमा पनि नारी हित चाइयो ।।
एक भई उठौं अब नारी हो चुप लागेर हुन्न
नारी हितको अधिकार आफैंले बुन्न ।।

– ( सजल भट्टराई
साथी शिक्षक, कावासोती
किशोरी शसक्तिकरण कार्यक्रम )

Write your Comment