आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नहिड्नु जथाभावी नानी हो (बाल सन्देश )

    प्रकाशित २०७८ जेष्ठ १७, सोमबार (२ साल अघि)


देबकी आचार्य

नहिड्नु जथाभावी नानी हो
कोरोना सर्न सक्दछ ।
मास्क लगाउनु सबैले
किटाडु छिर्न सक्दछ ।

हात धुनु मिचिकिची नानी हो
जिवाडु हुन सक्दछ ।
दुरी कायम गरौँ सबैले
जो कोही संक्रमित हुन सक्दछ ।

चिन्ता नगर्नु नानी हो
समय बद्लिन सक्दछ ।
नअतालिनु भाइबहिनी
कोरोना परास्त हुन सक्दछ ।

अनुशासन पालना गरौँ सबैले
कोरोना भागी हाल्दछ ।
खानपानमा ख्याल गर्नु नानीबाबु हो
स्वास्थ्य राम्रो बन्दछ ।

हिम्मत बढाउनु सबैले
आशाको दियो बल्दछ ।
मान्छेलाई दुःख दिने कोरोना
संसारबाट भाग्ने छ ।
संसारबाट भाग्ने छ ।।

Write your Comment