आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024 Search
FLASH NEWS

ज्येष्ठ नागरिकको मासिक भत्ता बढ्यो: पुग्यो ४ हजार

    प्रकाशित २०७८ जेष्ठ १५, शनिबार (२ साल अघि)


काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकहरुको मासिक भत्ता एक हजार बढाएका हुन् ।

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ र सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको बताए । यो आ व मा बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीको पाला (आव २०५१/५२) देखी सुरु भएको बृद्धभत्ताको नीति हालसम्म निरन्तर हुँदै आएको छ । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ रहेको थियो ।

तत्कालीन एमाले सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीको पाला (आव २०५१/५२) देखी सुरु भएको बृद्धभत्ताको नीति हालसम्म निरन्तर हुँदै आएको छ । त्यसबेला बृद्धभत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो र मासिक भत्ता जम्मा सय रुपैयाँ रहेको थियो ।

हाल केही बर्ष एता केही अर्थबिद हरुले बृद्धभत्ता चुनावी गोटी बनेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । र यसको नितिगत सुधार हुनुपर्नेमा जोड दिएका थिए ।
वाम गठबन्धनले २०७४ को चुनाव अगाडि नै ज्येष्ठ नागरिक भता ५ हजार पुर्‍याउने घोषणा गरेको थियो भने नेपाली कांग्रेस नेतृत्वको सरकारले बृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ मा झार्ने समेत प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली अर्थात बाम गठबन्दन नेतृत्वको सरकारले सुरुका दुई वर्ष सम्म बृृद्धभत्ता बढाएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बृद्धभत्ता बढ्ने घोषणा गरेपछि तत्कालीन अर्थमन्त्री युवराज खचिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा वृद्धभत्ता एक हजार बढाएर ३ हजार पुर्‍याएका थिए । यो वर्षपनि सोही अनुसार १ हजार बडायर ४ हजार भएको छ ।

Write your Comment