आज:  २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026 Search
FLASH NEWS

रानाभाट समाज कावासोतीद्वारा मौलाकालीका अपाङ्ग सेवा संस्थालाई न्यानो कपडा हस्तान्तरण

    प्रकाशित २०८२ मंसिर ६, शनिबार (१ महिना अघि)


नवलपुर । तिहारमा देउसी भैलो खेलेर उठाएको रकमबाट मौलाकालीका अपाङ्ग सेवालाई न्यानो कपडा हस्तान्तरण गरिएको छ । रानाभाट समाज नेपाल कावासोती नगर कमिटि नवलपुरले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको केहि रकमबाट न्यानो कपडा उक्त संस्थालाई सहयोगस्वरूप प्रदान गरिएको हो ।

मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै नवलपुरको कावासोती नगरपालिका ८ मा रहेको मौलाकालीका अपाङ्ग सेवा संस्थाका बालबावालिकाहरुलाई सहयोग प्रदान गरिएको हो । संस्थालाई करीब १२ हजार बढीको न्यानो कपडा उपलब्ध गराइएको समूहले जनाएको छ । यो वर्ष देउसी भैलोबाट संकलन भएको केहि रकमबाट कपडा हस्तान्तरण गर्दै समुहका सदस्यले देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा समुहका रानाभाट जिल्ला कार्यसमिति उपाध्यक्ष समर रानाभाट , जिल्ला लेखा सदस्य शुशिला रानाभाट , कावासोती नगर कमिटिकी अध्यक्ष बसना रानाभाट , कोषध्यक्ष पार्वति रानाभाट , सदस्य अनिता रानाभाट, मनिसा रानाभाट , युवा परिचालक सदस्य नारायण रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment