आज:  २०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025 Search
FLASH NEWS

देवचुलीमा रक्तदान कार्यक्रम सम्पन्न

    प्रकाशित २०८२ कार्तिक २१, शुक्रबार (३ घण्टा अघि)


देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शुक्रबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी नवलपुरको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, उप-शाखा कावासोती र नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा संस्थाको प्रधान कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।


रक्त केन्द्रहरुमा रगतको माग बढी हुने गरेको र सामुदायिक अभियानमा सहकार्य अन्तरगत रक्तदान कार्यक्रम राखिएको आयोजक संस्थाका अध्यक्ष डिल्लीराम कडेरियाले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि संचालन भएको रक्तदान कार्यक्रममा ७ महिलासहित ८५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।


प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपुरका उप सभापति बद्रीनाथ नेपाल, नवलपुर रक्तसञ्चार सेवाका बाबुराम कंडेल, संस्थाका सल्लाहकार लगायतको उपस्थिति रहेको थियो।


प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले औपचारिक कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

Write your Comment