आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024 Search
FLASH NEWS

ओलीको कार्यकालमा तीन पटक बढ्यो निजामती कर्मचारीको तलब

    प्रकाशित २०७८ जेष्ठ १५, शनिबार (२ साल अघि)


काठमान्डौ । सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढाइएको जानकारी दिएका छन् ।

२०७८/७९

आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाइएको थियो । यस्तै, २०७३/७४ को बजेटमार्फत आधारभूत तलबमा २५ प्रतिशत रकम तलब बढाएका थिए । त्यतिबेला पनि प्रधानमन्त्री केपी शर्मा ओली नै रहेका थिए । यसरी २०७३/७४ पछि कर्मचारीको तलब तीन पटक वृद्धि भएको छ भने तीनै पटक प्रधानमन्त्रीमा ओली रहेका छन् ।

कर्मचारी नियमामवलीअनुसार पनि प्रत्येक दुई वर्षमा तलब बढाउने पर्ने व्यवस्था गरिएको छ ।अहिले कोभिड महामारी र स्रोत खुम्चिएको बेला विज्ञहरूले तलबभत्ता वृद्धितर्फ नलाग्न सुझाव दिएका थिए ।

अब भने खरिदारको तलब २८ हजार ६ सय, मुख्यसचिवको ६७ हजार रहने छ ।

सरोकारवालाको सुझावलाई पन्छ्याउँदै निर्वाचन घोषणा गरिसकेकको सरकारले कर्मचारीको तलब वृद्धि गरेको हो । खरिदारको तलब मात्रै हेर्दा १७ हजार ७ सय ३० बाट २२ हजार १ सय ६२ विष्णु पौडेलको अघिल्लो कार्याकालयमा पुर्‍याइएको थियो भने युवराज खतिवडाको कार्यकालयमा २६ हजार ६ सय ४ रुपैयाँ पुर्‍याएको थियो । अब भने खरिदारको तलब २८ हजार ६ सय, मुख्यसचिवको ६७ हजार रहने छ ।

 

Write your Comment