आज:  २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024 Search
FLASH NEWS

गण्डकीका मुख्यमन्त्री पोखरेल विरुद्ध युवा संघ र अनेरास्ववियुको कालो झण्डा

    प्रकाशित २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)


नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु नवलपुरले कालो झण्डा देखाएको छ । केन्द्रीय र प्रदेश सरकार विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियुले मुख्यमन्त्री जिल्ला आएको समयमा नवलपुरको मध्यविन्दु-७ चोरमारामा कालो झण्डा देखाएको हो ।

पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा भएको मुल्यवृद्धि भ्रष्टाचार, नागरिकता विधयक, गण्डकी प्रदेश सरकारले सवारी शुल्क, घरजग्गा रजिष्ट्रेशन शुल्कमा गरेको अत्याधिक वृद्धि, ट्रष्टका नाममा विनियोजन गरेको बजेट लगायत राष्ट्र र राष्ट्रियता तथा जनता विरोधी कार्यहरुको विरोधमा मुख्यमन्त्री पोखरेललाई कालो झण्डा देखाएको युवा संघका सचिवालय सदस्य दिपक शर्माले बताउनुभयो ।

वर्तमान गठबन्धन सरकार शक्तिराष्ट्र खुशी बनाउने नाममा राष्ट्रहित विपरितको कार्य गर्ने र प्रदेश सरकार परिवारवाद र चर्को कर लगाउने कार्यमा अग्रसर भएको विरोधमा मुख्य मन्त्रीलाई कालो झण्डा देखाएको नेकपा एमाले नवलपुर सचिवालय सदस्य बाबुराम पाण्डेले बताउनुभयो ।

मुख्यमन्त्री विरुद्ध अनेरास्ववियु केन्द्रीय सदस्य कृष्ण गैह्रे, एमाले जिल्ला कमिटी सदस्य एनपी पोखरेल, युवा संघका हिमाल सिं ठकुरी लगायतले नाराबाजी समेत गरेका गरेका थिए ।

Write your Comment