आज:  २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025 Search
FLASH NEWS

देवचुलीमा माध्यमिक तह स्तरीय कविता प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८२ भाद्र १३, शुक्रबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा माध्यमिक तह स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको पुर्व सन्ध्यामा देवचुली नगरपालिकाको आयोजनामा जन ज्योति नमुना माविमा कविता प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा वाइज भिजन इङलिस बोर्डिङ्गकी प्रिस्किला बराम प्रथम भएकी छन् । त्यसै गरि पशुपति साङ्गवेद संस्कृत आवासीय माध्यमिक विद्यालयका प्रसिर गैरे द्वितीय, सकलादेवी माविकी स्वर्णिमा रेग्मी तृतीय भएका छन् । भीमसेन आदर्श माविकी सलिना परियार र वरचुली माध्यमिक विद्यालयकी प्राप्ति खतिवडाले सान्तवना स्थान हासिल गरेका छन् । प्रतियोगितामा नगर भित्र रहेका १५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई शिक्षा दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने शिक्षा शाखाले जनाएको छ ।

देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । नगर शिक्षा समितिका सदस्य सन्तबहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले गरेका थिए ।

Write your Comment