आज:  २०८२ मंसिर ४, बिहिबार | Thu, 20, Nov, 2025 Search
FLASH NEWS

विश्व शौचालय दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८२ मंसिर ४, बिहिबार (४ घण्टा अघि)


देवचुली । विश्व शौचालय दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । प्रत्येक वर्षको नोभेम्बर १९ का दिन विश्व शौचालय मनाइने गरिएको छ । दिवसको अवसरमा देवचुलीको सकलादेवी माध्यमिक विद्यालयको आयोजना तथा वास नमुना गाउँ परियोजनाको समन्वयमा हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।


खानेपानी स्वच्छता तथा सुरक्षित सरसफाइप्रति विद्यार्थीहरूलाई सचेतना वृद्धि गर्नका लागि कार्यक्रम गरिएको वास नमुना गाउँ परियोजनाका कार्यक्रम संयोजक प्रवीण घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा सरसफाइको महत्व, शुद्ध खानेपानीको प्रयोग, सुरक्षित शौचालय प्रयोग, वातावरणीय स्वच्छता जस्ता विषयमा प्रश्नोत्तर गरिएको हो । कक्षा ३-५ र कक्षा ६-१० दुई समुहमा प्रतियोगिता गरिएको हो ।

कक्षा ३-५ मा अनमोल लम्साल, शिशिर रेग्मी, श्रेया पौडेल र एरिना भट्टको समूह प्रथम, अंकित चापागाई, हिमाल सिग्देल, निस्मा सिग्देल र मनिषा गरन्जाको समूह द्वितीय, रिया राना, अनुराग तिमिल्सिना, इभन भट्टराई र तेजेन्द्र सारुको समूह तृतीय र बिहान पाण्डे, खुश्बु दाहाल, अनमोल कुँवर र समीर लम्सालको समूह सान्त्वना स्थान हासिल गरेका छन् । भने कक्षा ६-१० मा पवन भण्डारी, प्रतीक पाण्डे, एन्जल आचार्य र सन्ध्या लम्सालको समूह प्रथम, सदिक्षा सिग्देल, अशोक भुर्तेल, रिजन राना र दिपक सारुको समूह द्वितीय, ममता श्रेष्ठ, आकृति चापागाई, रेनुका राना र प्रसना पाण्डेको समूह तृतीय र अविशा लम्साल, समीक्षा बसेल, एन्जल सापकोटा र उना सुनारीको समूह सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगिताका सहभागी सम्पूर्ण विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक होमनाथ न्यौपानेले जानकारी दिनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली-५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वास नमुना गाउँ परियोजनाका संयोजक प्रवीण घिमिरे, यानमाया गुरुङ्ग, विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

Write your Comment