

देवचुली । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) देवचुली नगरपालिकाको सभापतिमा शेरबहादुर केसी सर्वसम्मत चयन भएका छन् । पार्टीको पहिलो नगर अधिवेशनबाट केसीको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
नवगठित नगर समितिको उप सभापतिमा दुर्गा प्रसाद पौडेल, सचिवमा कुलप्रसाद लामिछाने, कोषाध्यक्षमा प्रमिला बस्ताकोटी, सहसचिवमा देवीप्रसाद दुवाडी र सदस्यहरुमा भवानी प्रसाद तिवारी, नेत्रबहादुर शाही, टंकप्रसाद अधिकारी, सविता बास्तोला, बिन्दु कोइराला (दाहाल), अनप्रसाद भण्डारी, राजु परियार, रमेशप्रसाद भुर्तेल, प्रतिज्ञा पौडेल र भिमबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका अधिवेशनका मिडिया संयोजक सुनिल न्यौपानेले जानकारी दिनुभयो ।
त्यसै गरि नगर अधिवेशनबाट जिल्ला अधिवेशन प्रतिनिधिमा हिरा न्यौपाने, टेकबहादुर क्षेत्री, रमेश भुर्तेल चयन भएका छन् । त्यसै गरि प्रदेश अधिवेशन प्रतिनिधिमा सुमन अधिकारी र विष्णुप्रसाद पौडेल चयन भएका छन् भने राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा सिदार्थ क्षेत्री र राजेन्द्र श्रेष्ठ चयन भएका हुन् ।