आज:  २०८२ कार्तिक २४, सोमबार | Mon, 10, Nov, 2025 Search
FLASH NEWS

देवचुलीमा लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८२ कार्तिक २४, सोमबार (१ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिकामा लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा आइतबार र सोमबार दुईदिनसम्म देवचुली-१३ मा रहेको साहारा पार्टी प्यालेसमा तालिम संचालन गरिएको हो ।

देवचुली ५ र ६ का जनप्रतिनिधि, खानेपानी उपभोक्ता समिति , टोल विकास संस्थाका प्रतिनिधि, दुई वडामा रहेका ५ विद्यालयका शिक्षक प्रतिनिधि, देवचुली नगरपालिकाबाट महिला बालबालिका शाखा र स्वास्थ्य शाखाका प्रतिनिधिलाई लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम गरिएको वास नमुना गाउँ परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो । संविधानमा लैङ्गिक समानता सम्बन्धि रहेका ऐन कानुनहरुसँगै संस्थालाई नेतृत्व गर्दा ध्यान दिनुपर्ने कुरामा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

तालिममा सहजकर्ता लोकप्रसाद पौडेलले लैङ्गिक अवधारणा, लैङ्गिक हिंसा र यसको प्रकार, लैङ्गिक समानता कसरी बनाउन सकिन्छ, नेपालमा रहेका कानुनहरु लगायतका विषय सहजीकरण गर्नुभएको थियो । तालिममा नेतृत्व विकास कसरी गर्ने, नेतृत्व गुणहरु र सफल नेतृत्व कसरी गर्ने भन्ने विषयमा उहाँहरूले सहजीकरण गर्नुभएको थियो ।

वास नमुना गाउँ परियोजनाले देवचुली ५ र ६ मा विगत दस वर्षदेखि खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Write your Comment