

देवचुली । देवचुली नगरपालिकाभित्रका संस्थागत विद्यालयबीच अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) देवचुलीको आयोजनामा बिहीबारबाट देवचुली माविको खेलमैदानमा प्रतियोगिता सुरु गरिएको हो ।

प्रतियोगितामा कुमारवर्ती बोर्डिङ स्कुल, अमर इङ्गलिस बोर्डिङ स्कुल, ओएसिस बोर्डिङ स्कुल, वाइज भिजन बोर्डिङ स्कुल, मुनलाइट पब्लिक एकेडेमी, न्यु नवल बोर्डिङ स्कुल र विश्वज्योती आवासीय माविको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत अमर इङ्गलिस बोर्डिङ र मुनलाइट पब्लिक एकेडेमीबीच भएको उदघाटन खेलमा अमर ७-० गोल अन्तरले विजयी भएको हो । कुमारवर्ती र ओएसिसबीच भएको प्रतियोगिताको दोस्रो खेलमा कुमारवर्ती २-० गोल अन्तरले विजयी भएको हो । त्यसै गरि विश्वज्योति र नवलबीचको तेस्रो खेलमा विश्वज्योति ५-० गोल अन्तरले विजयी भएको हो।

प्रतियोगिता अन्तरगत बिहीबार नै भएको वाइज भिजनका विरुद्ध कुमारवर्तीबीचको पहिलो सेमिफाइनलमा वाइज भिजन २-१ गोल अन्तरले विजय भएको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार अमर बोडिङ्ग स्कुलका विरुद्ध विश्व ज्योति आवासीय माविबिच दोस्रो सेमिफाइनल खेल हुने र बिजेतासँग वाइज भिजन इङ्गलिस बोर्डिङ्ग स्कुलको फाइनल खेलमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।