देवचुली । कावासोती १२ मा पाँचौं जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो ।
सोमबार भएको प्रतियोगिताको उदघाटन खेलमा हेल्पफुल साइमन स्पोर्ट्स विजयी भएको छ । भरतपुर-२४ का विरुद्ध हेल्पफुल साइमन स्पोर्ट्स बिच भएको खेलमा हेल्पफुल साइमन स्पोर्ट्सले ४-१ गोल अन्तरले हेल्पफुल साइमन स्पोर्ट्सलाई हराएको हो । खेलमा हेल्पफुल साइमन स्पोर्ट्सबाट प्रतिक्षा ठकुरीले २ गोल, करुणा गिरी र लमिन बन्दनबाट १/१ गोल गरेका थिए भने भरतपुर-२४ बाट शिवानी खडकाले गोल गरेका थिए । आजको खेलमा हेल्पफुल साइमन स्पोर्ट्सकी प्रतीक्षा ठकुरी म्यान अफ दि म्याच भएकी थिइन् ।
नवलपुर र चितवनबाट ८ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत मंगलबार डायमण्ड युथ सोसाइटीका विरुद्ध नवलपुर फुटबल क्लबबिच हुने आयोजकले जनाएको छ ।
डायमण्ड युथ सोसाइटीका अध्यक्ष लीलामणि खनाल ( महेश) को अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुन, कावासोती १२ का अध्यक्ष ध्रुव खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थितिमा रहेको थियो ।