नवलपुर । स्याङ्जाको वालिङमा संचालित गण्डकी प्रदेश स्तरीय यु-१६ महिला फुटबल प्रतियोगिता `पितृ स्मृति ट्रीनिटी कप २०८२´ को उपाधि देवचुलीले जितेको छ । ट्रीनिटी क्लब बालिङ्को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा देवचुली नगरपालिकाले आयोजक ट्रीनिटी क्लबलाई हराउँदै प्रतियोगिताको उपाधी जितेको हो ।
प्रतियोगितामा देवचुलीले आयोजकलाई १-० गोल अन्तरले हराउँदै उपाधी आफ्नो पक्षमा पारेको हो । आजको खेलमा देवचुलीकी ईशा चौधरी म्यान अफ दि म्याच भएकी थिइन् । प्रतियोगिताको उपाधी जितेको देवचुलीले नगद १ लाख रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप-बिजेता आयोजकले ५० हजार नगद रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
भदौ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की, गोरखा, म्याग्दी , नवलपुर, पर्वत र नवलपुरबाट ७ टिमको सहभागिता रहेको थियो । देवचुलीले समूह चरणका तीनवटा खेल जित्दै समूह बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । देवचुलीले सेमिफाइनलमा पैंयुलाई हराएर फाइनल प्रवेश गरेको हो ।