नवलपुर । स्याङ्जाको वालिङमा संचालित गण्डकी प्रदेश स्तरीय यु-१६ महिला फुटबल प्रतियोगिता `पितृ स्मृति ट्रीनिटी कप २०८२´ मा देवचुली फाइनल प्रवेश गरेको छ । ट्रीनिटी क्लब बालिङ्को आयोजनामा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा देवचुली नगरपालिकाले पैंयु गाउँपालिका, पर्वतलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
खेलमा देवचुलीले पर्वतलाई ५-१ गोल अन्तरले हराएको हो । देवचुलीबाट नाभ्या तामाङ, ईशा चौधरी, रोजिना बोटे, रितु रुचाल र प्रतिक्षा नेपालीले १/१ गोल गरेका थिए भने पैंयु गाउँपालिका, पर्वतबाट दिपशिखा प्रधानले सान्त्वना गोल गरेकी थिइन् । आजको खेलमा देवचुलीकी रितु रुचाल म्यान अफ दि म्याच भएकी थिइन् ।
भदौ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की, गोरखा, म्याग्दी , नवलपुर, पर्वत र नवलपुरबाट ७ टिमको सहभागिता रहेको थियो । देवचुलीले समूह चरणका तीनवटा खेल जित्दै समूह बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगिता अन्तरगत सोमबार देवचुलीले उपाधिका लागि आयोजक ट्रीनिटी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।