नवलपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरको इन्चार्जमा सौगात भुसाललाई चयन गरिएको छ। अनेरास्ववियुद्वारा जारी गरिएको सर्कुलरमा भुसाललाई नवलपुरको इन्चार्जको जिम्मा दिईएको हो । अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका भुसाललाई केन्द्रीय समितिको पहिलो पुर्ण बैठकले नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी तोकेको हो ।
त्यस्तै गरि अनेरास्ववियु नवलपुरको संयोजकमा रोशन काजी क्षेत्रीलाई जिम्मेवारी दिइएको छ भने सह–संयोजकमा नविन पौडेल, रितिका भुसाल र शिसिर गैरेलाई जिम्मेवारी दिइएको छ । यस निर्णयसँगै नवलपुरमा अनेरास्ववियुको संगठनात्मक गतिविधि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।