नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालय नन्दभाउजु, इटाैरामा हिंसा र द्वन्द्व सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत आइतबार ३० जना साथी शिक्षकहरुले विद्यालय र समुदाय स्तरमा विभिन्न बिषयमा सहजीकरण गरि आफ्नो साथीहरूलाई सिकाउने गरिएको छ ।
जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलनको सहयोग र मध्यबिन्दु नगरको साझेदारीमा सो कार्यक्रमहरु सन्चालन गरिरहेको संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो । कार्यक्रममा हिंसा र द्वन्द्व भनेको के हो? हिंसा र द्वन्द्वका प्रकारहरु के के हुन् ? हिंसा को कोबाट कहाँ कहाँ हुन सक्छ ? हिंसा र द्वन्द्वले पार्ने नकारात्मक प्रभावहरु केके हुन् ? हिंसा र द्वन्द्वबाट कसरी सुरकहुन सक्छन् ? भन्ने विषयमा छलफल गराउँदै साथी शिक्षक जेसिका महताेले कार्यक्रममा सहजिकरण गर्नु भएकाे थियाे ।