आज:  २०८२ अषाढ १२, बिहिबार | Thu, 26, Jun, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकामा गणित विषय शिक्षकका लागि कार्यशाला सुरु

    प्रकाशित २०८२ जेष्ठ २९, बिहिबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा सामुदायिक विद्यालयका गणित विषय शिक्षकका लागि कार्यशाला सुरु भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा ईम्बक्स देवचुलीकाे समन्वयमा दुई दिनको कार्यशाला बिहीबारबाट सञ्चालन गरिएको हो ।

देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यशाला उदघाटन सत्रमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले गणित विषय महत्त्वपूर्ण भएकाले विद्यार्थीहरुलाई सिकाई प्रक्रियालाई सहज बनाउन कार्यशाला आवश्यक रहेको बताउनुभयो । दुईदिनसम्म संचालन हुने कार्यशालाले गणित विषय अध्यापन गराउँदा आएका समस्याहरु समेत आपसमा छलफल गरि समाधान गर्न सहयोग पुर्‍याउने उहाँले बताउनुभयो । देवचुली नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा गणित विषय शिक्षकहरुलाई कार्यशाला राखिएको र गणित विषयमा भएका कठिनाइहरुलाई स्वयम् लेखकसँग छलफल गर्दा शिक्षकहरुलाई कक्षाकोठा सहज हुने देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो ।

कार्यशालालाई वेदान्त पब्लिकेसन्सका गणित विषयका लेखक हुकुमप्रसाद दाहालले शिक्षकहरूलाई प्रशिक्षण दिएका थिए । देवचुलीका ६० जना शिक्षकहरुलाई सहजीकरण गर्दै दाहालले गणित विषय शिक्षकलाई सिकाई उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो ।

कार्यशालामा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, ईम्बक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देवकोटा,सल्लाहकार चन्द्रदेव तिवारी, वेदान्त प्रकाशनका प्रतिनिधि निर्मल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक लगायत विभिन्न शैक्षिक व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यशालाको उदघाटन सत्रमा इम्बक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने देवचुली नगरपालिकाका शिक्षा शाखाका अधिकृत नन्दलाल ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment