आज:  २०८२ बैशाख २७, शनिबार | Sat, 10, May, 2025 Search
FLASH NEWS

विशालटार खानेपानीको शनिबार २३ औं साधारण सभा तथा आठौं अधिवेशन हुने

    प्रकाशित २०८२ बैशाख २६, शुक्रबार (९ घण्टा अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको बैशाख २७ गते शनिबार साधारणसभा तथा अधिवेशन हुने भएको छ। शनिबार संस्थाले २३ औं साधारण सभा तथा आठौं अधिवेशन संस्थाको कार्यालय परिसरमा हुने संस्थाका सचिव भरत आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशनको उदघाटन बिहान १०:३० बाट सुरु हुने बताउनुभयो ।संस्थाको साधारण सभा तथा अधिवेशनका लागि उपभोक्ता,शुभेच्छुक र अतिथिहरुलाई पत्राचार गरि सकिएको र सम्बन्धितलाई खबर नभएमा संस्थाको सूचना अनुसार उपस्थिति हुनका लागि उहाँले आग्रह गर्नुभयो।

संस्थाको अधिवेशन पुर्व साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को आम्दानी खर्च अनुमोदन,अध्यक्षको प्रतिवेदन तथा भावी योजना,सचिव,कोषाध्यक्ष र लेखा संयोजकको प्रतिवेदन प्रस्तावहरु पेश हुने आयोजकले जानकारी दिए। विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ६ सय घरधुरीका ३ हजार भन्दा बढी उपभोक्ता रहेका छन् ।

Write your Comment