आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

हिंसा अन्त्यको लागि सबैले हातेमालो गर्न आवश्यक छ: मध्यबिन्दुका सरोकारवाला

    प्रकाशित २०८१ मंसिर ११, मंगलबार (१ हफ्ता अघि)


मध्यबिन्दु । बालबालिका र महिलामाथि हुने हिंसा अन्त्यको लागि समाजका सबै सरोकारवालाले प्राथमिकता दिनुपर्ने र हातेमालो गर्न आवश्यक रहेको मध्यबिन्दु वडा नम्बर ४ का सरोकारवालाले बताएका छन । किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि १ दिने अभिमुखीकरण संचालन गरिएको कार्यक्रम अधिकृत राधा बोटेले बताउनु भयो।

जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, मध्यविन्दु वडा नं ४ को वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहकार्यमा सम्पन्न गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख बिन्दु बिकले जिल्ला भित्र बालबालिका, किशोरकिशोरी, महिला माथि भएका विभेद, लैंगिक हिंसा, दुर्व्यवहार र त्यसले पारेका नकारात्मक प्रभावहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले हिंसा र दुर्व्यवहारले समुदायमा रहेको अवस्था र समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरुको  बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

हिंसा अन्तका लागि अभिभावक र सरोकारवालाहरुले बालबालिकाका समस्याहरु समाधानका लागि उमेर अनुसार बालबालिकाहरुलाई व्यवहारिक सिकाई सिकाउने र बालबालिकाहरुको दैनिक गतिविधिहरुमा ध्यान दिन, बुवा आमाको बिच सुमधुर सम्बन्ध कायम राख्दै बालबालिकाको राम्रोसँग लालन पालनका लागि आयआर्जनलाई व्यवस्थापन गर्न, बालविवाह गरेका र लागुपदार्थ दुर्व्यसनीमा फँसेकाहरु लाई कानुनी उपचारमा जान तथा यस्ता कुराहरुमा कानुन लाई कार्यान्वयनमा सहयोग गर्न सरोकारवालालाई अनुरोध गर्नुभयो ।

सो कार्यक्रममा किशोरी अभियन्ता तिरिया महतोले किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत ३० जना किशोरीहरुले लिएका तालिमहरु र हाल समुदाय, विद्यालयमा अरुलाई सिकाउँदै आएका गतिविधिहरुको अनुभवहरु र सिकाईहरु आदानप्रदान गर्दै वडाले पनि यस्ता सामाजिक कार्यक्रममा लगानी गर्न आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरुले टोल समुदायमा बालबालिकाहरुमा बाल विवाह र लागुपदार्थको प्रयोग बढी रहेकोले यस्ता समस्याहरूलाई समाधानका लागि टोल टोलमा अभिभावक र बालबालिकाहरुलाई लक्षित कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा मध्यविन्दु वडा नं ४ का वडाअध्यक्ष डिल्लीराम थारुले जागृति बाल तथा युवा सरोकार नेपालले नगरपालिका भित्र किशोरीहरुलाई विभिन्न कार्यक्रम गर्दै आएको र यसले पालिकाको बालमैत्री र बालबालिकाको हितमा सहयोग पुग्ने भएकाले सबैले सहयोग गर्न अनुरोध गर्नु भएको थियो । साथै उहाँले बालबालिकाहरुलाई मुख्य रुपमा संस्कार र शिक्षा दिन सकेमा वर्तमान र भविष्यमा राम्रो प्रतिफल स्वरुप परिवारमा सुख र समृद्धि ल्याउने कुरा बताउनु भएको थियो !

उक्त कार्यक्रम मध्यविन्दु वडा नं ४ का वडाअध्यक्ष डिल्लीराम थारुको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य तथा वडा सदस्य रेनु गुरौं थारुको प्रमुख अतिथ्यतामा, वडा भित्रका जनप्रतिनिधिहरु, स्वास्थ्य संस्थका प्रमुख, खानेपानी संस्थाका प्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, आमा समूह र महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरु, स्वास्थ्य स्वंयसेविकाहरु, युवाक्लब र बालक्लवका प्रतिनिधिहरु, साथी शिक्षक तथा अभिभावकहरुको उपस्थितिमा भएको थियो ।

कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका कुराहरुलाई जोड दिँदै ” हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित म हिंसा गर्दिन, गरेको पनि सहन्न र हिंसा गरेको थाहा पाएमा उजुरी गर्नेछु भन्ने प्रतिबद्धताका साथ  प्रतिबद्धता व्यानरमा हस्ताक्षर गर्नु भएको थियो ।

Write your Comment