आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

देवचुली जेसिजद्वारा १४७ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण

    प्रकाशित २०८१ मंसिर ८, शनिबार (२ हफ्ता अघि)


देवचुली । देवचुली जेसिजद्वारा १४७ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ । देवचुली जेसिजको आयोजनामा जेसिज सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत देवचुली ३ का कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन गर्ने विपन्न तथा जेहेन्दार १४७ जना विद्यार्थीहरुलाई शनिबार सेतिदेवी मन्दिर प्राङ्गणमा झोला वितरण गरिएको हो ।

कार्यक्रम संयोजक रहेका देवचुली जेसिजको उपाध्यक्ष तथा देवचुली ३ का वडा सदस्य चित्रबहादुर थापाको सहयोगमा देवचुली ३ भित्रका विद्यार्थीहरुलाई विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको हो । थापा वडा सदस्य निर्वाचित भएपछि प्रत्येक वर्ष शैक्षिक सामाग्री, खेलकुद सामग्री, आमा समुहलाई ईन्टरनेट जडान, वडामा साउण्ड बक्स र माइक वितरण गरिरहेको उहाँले बताउनुभयो । जनतासँग प्रतिबद्धता गरेअनुसार प्रत्येक वर्ष गर्ने समाजिक अभियान अन्तर्गत आफू आबद्ध भएको देवचुली जेसिजको मार्फत १४७ जना विद्यार्थीलाई झोला वितरण गरेको उहाँले बताउनुभयो । वडाका प्रत्येक विद्यार्थीका घरमा गएर सबै अवस्था बुझेर मात्र झोला वितरण गरिएको उहाँको भनाई छ ।

देवचुली जेसिजले शनिबार जेसिज सप्ताहको उदघाटनसँगै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको देवचुली जेसिज २०२४ का अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनुभयो । जेसिज सप्ताह २०२४ अन्तर्गत पशुपति साङ्गवेदमा बटुकहरुलाई खाना खुवाउने कार्यक्रम, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्यटन प्रवर्द्धन, देवचुली पदयात्रा, विद्यालयका विद्यार्थीहरुलाई स्वस्थ खानपानको बारेमा प्रशिक्षण लगायतका कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

देवचुली जेसिजका अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक चिकित्सालय रजहरका सचिव प्रदिपराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी देवचुली उपशाखाका सभापति देवेन्द्र शर्मा, दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तिलप्रसाद पाठक लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली जेसिजका महासचिव जीवन भुसालले गर्नुभएको थियो ।

Write your Comment