आज:  २०८१ मंसिर २२, शनिबार | Sat, 07, Dec, 2024 Search
FLASH NEWS

तिहारमा देवचुलीमा ५ लाख रुपैयाँ बढीको सयपत्री फूलको कारोबार, विदेशमा समेत निर्यात

    प्रकाशित २०८१ कार्तिक २२, बिहिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा किसानहरुद्वारा उत्पादित सयपत्री फूल, मालाले तिहारको अवसरमा ५ लाख ४१ हजार रुपैयाँमा बराबरको मूल्य पाएका छन् । देवचुली नगरपालिकाले टेनिस बल जातका ४५७०० र कर्मा-५५५ जातका २००० बिरुवा गरि ४७७०० बिरुवा नगर भित्रका किसानलाई अनुदानमा उपलब्ध गराएको हो ।

नगरपालिकाले युवा लक्षित पुष्प व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि १ लाख २० हजार रुपैयाँ अनुदान दिएको र ३०० भन्दा बढी बिरुवा लिने ३३ जना किसानहरूले व्यवसायिक फूल खेती गरेको देवचुली नगरपालिका कृषि विकास शाखा प्रमुख गगन भट्टराईले बताउनुभयो । किसानहरूलाई प्राविधिक सल्लाह र बिरुवाहरुको अवलोकन गरि बजारीकरणलाई समेत सहज बनाइएको उहाँले बताउनुभयो । देवचुलीमा ६२९ केजी फूल बिक्रीबाट २ लाख ९५ हजार ६ सय ३० आम्दानी भएको, २७५० वटा माला बिक्रीबाट २ लाख ३३ हजार ८ सय ८५ रुपैयाँ र ४००० फूलका बेर्ना बिक्रीबाट १२ हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

देवचुलीमा उत्पादित २५ केजी फूल र ५०० माला हङकङ निर्यात भएको र काठमाडौं, पोखरा, चितवन लगायत देशका मुख्य सहरमा बिक्री भएको कृषि विकास शाखा प्रमुख गगन भट्टराईले बताउनुभयो । हङकङ निर्यात गर्नेमा हुनुहुन्छ जसले १३ कठ्ठामा सयपत्री खेती गर्ने मुक्तिप्रसाद भुसालले हङकङमा फूल निर्यात गरेका र ४ कठ्ठा क्षेत्रफलमा कृषक हरिप्रसाद पोखरेलले फूल खेती गरेका उहाँले बताउनुभयो ।

फूलको बीउमा शुद्धता नहुने र किसानहरुको खनजोत तथा कामदारमा लागत बढी हुने जस्ता समस्या देखिएको भट्टराईले जानकारी दिनुभयो । देवचुली नगरपालिकाले प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरेपछि सयपत्री फूलको माग अत्याधिक रहेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलमाला नभेटिए पनि पछि व्यवसायीहरुले प्लास्टिकजन्य मालाको बिक्री गरिएको जानकारी आएको उहाँले बताउनुभयो । किसानका बारीमा अझै सयपत्री फूल रहेको र पुजाआजा तथा विभिन्न संघसंस्थाका कार्यक्रमका लागि माला बिक्री हुने किसानहरूले बताए ।

Write your Comment