आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–आबुखैरेनी सडकखण्ड बिहानैदेखि बन्द

    प्रकाशित २०८१ भाद्र १०, सोमबार (३ हफ्ता अघि)


तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड बिहानैदेखि बन्द भएको छ। आबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज बिहान ६ः३० देखि नै उक्त सडकखण्ड बन्द गरिएको हो। करिब चार घण्टा उक्त सडक अवरुद्ध हुने बताइएको छ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ। उनले भने, ‘सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले करिब चार घण्टा सवारी आवागमन रोकिनेछ।’

पोखराबाट काठमाडौतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Write your Comment