आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित २०८१ श्रावण १८, शुक्रबार (१ महिना अघि)


देवचुली । नवलपुरको देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा रहेको नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनको आयोजना, देवचुली ९ को सह आयोजना, देवचुली नगरपालिका पशु सेवा शाखाको समन्वय र विभिन्न संस्थाहरूको सहयोगमा देवचुली ९ को वडा कार्यालयमा शिविर सम्पन्न भएको हो ।

शिविरमा किसानका घर घरमै पुगेर पशुहरुको चेकचाँज गरिएको र केही पशुहरुको किसानहरू नै भनेको आधारमा औषधि वितरण गरिएको हो । शिविरमा ३०० भन्दा बढी पशुहरुको स्वास्थ्य परीक्षण गरिएको र ४० वटा कुकुर तथा बिरालालाई रेबिजको भ्याक्सिन समेत लगाइएको आयोजकले जानकारी दिएका छन् । परीक्षण गरिएका पशुहरुमा बाँझोपन, नाम्ले जुकाको समस्या बढी पाइएको डा. इगेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको शिविरको उदघाटनमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिका पशु सेवा शाखाका डा. निकिता शर्मा, विजय ढकाल, घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती रावल, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

देवचुली नगरपालिकामा कृषि क्षेत्रमा निकै नै सम्भावना रहेको र पशुपालन गर्दै गरेका किसानहरुका लागि आयोजना गरिएको शिविरबाट फाइदा पुग्ने देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । शिविरमा गाई, भैंसी, बाख्रा, कुखुरा र कुकुरहरुको स्वास्थ्य परिक्षण गरिएको र किसानका घर घरमा पुगि पशुपंछीको उपचार गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो ।

शिविरमा डा. इगेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा ४० जना भन्दा बढीको संलग्नता रहेको थियो । समस्या देखिएका पशुपन्छिहरुलाई शिविरमा नि: शुल्क औषधि समेत वितरण गरिएको थियो ।

Write your Comment