आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित

    प्रकाशित २०८१ अषाढ ३, आईतबार (४ महिना अघि)


देवचुली । अनेरास्ववियु नवलपुरको अध्यक्षमा सौगात भुसाल निर्वाचित भएका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २६ औं जिल्ला अधिवेशन अन्तरगत शनिबार भएको निर्वाचनमा भुसाल निर्वाचित भएका हुन् । भुसालले ५१ मत प्राप्त गर्दा अध्यक्षका प्रतिष्पर्धी प्रशान्त सिग्देलले ४५ मत पाएका थिए ।

त्यस्तै उपाध्यक्षमा रोशन केसी निर्वाचित भएका छन् । केसीले ५० मत प्राप्त गर्दा प्रतिष्पर्धी पुर्ण थापाले ४३ मत र अर्मान मियाले ३ मत पाएका थिए । सचिवमा प्रमोद पोखरेल ५२ मत ल्याई विजयी हुँदा प्रतिष्पर्धी सुशील चापागाईले ४४ मत ल्याएका थिए ।

सह-सचिवमा नवीन पौडेल नुमाखरले ४९ मत र अर्जुन गिरि ४६ मत ल्याई विजयी हुँदा मनोज कोइरालाले ४० मत र मनिष अधिकारीले ३६ मत ल्याएका थिए । सह- सचिव महिलातर्फ रितिका भुसाल ५८ मत सहित विजयी हुँदा विद्या ढुंगानाले ३६ मत ल्याएकी थिइन् । कोषाध्यक्षमा ई. पवन सुनार ५६ मत सहित विजयी हुँदा रामप्रसाद भुसाल ३९ मत ल्याएका थिए । ११३ जना प्रतिनिधि रहेको अधिवेशनमा ९६ मत खसेको थियो ।

पदाधिकारी मात्र निर्वाचनमा सौगात भुसालको प्यानल नै जित निकालेको अनेरास्ववियु स्रोतले जानकारी दिएको छ । ३९ सदस्यीय अनेरास्ववियु जिल्ला कमिटीमा पदाधिकारीबाहेक ३२ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

Write your Comment