आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ९ मा झोल साबुन बनाउने तालिम सम्पन्न

    प्रकाशित २०८१ जेष्ठ २९, मंगलबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा संचालित झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ का लागि किशोरी तथा महिला सशक्तीकरण कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट जेठ २२ गतेदेखि सुरु गरिएको तालिम मंगलबार समापन गरिएको हो ।

वडाका चारवटा टोल विकास संस्थामा दुई/दुई दिन गरि ८ दिनसम्म चार स्थानमा तालिम प्रदान गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा बताउनुभयो । दैनिक रुपमा घरायसी प्रयोजनका लागि प्रयोग हुने साबुनको ठाउँमा तालिमबाट सीप सिकी झोल साबुन बनाउन सहज र सस्तो हुने वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ७ का अध्यक्ष भुमिसरा थापा, देवचुली ८ का अध्यक्ष नुनप्रसाद बाचे, देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल, देवचुली १५ का अध्यक्ष सुरेश रानाभाट, कार्यपालिका सदस्य जयबहादुर बिक लगायत टोल विकास संस्थाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको सीपलाई सही रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सामुहिक रुपमा संस्थाका दर्ता गरि व्यवसायिक रुपमा काम गर्न र उत्पादित सामग्रीको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

८ दिन सम्म संचालित तालिममा ४०० भन्दा बढीले तालिम लिएको वडा कार्यालयले जनाएको छ । सो तालिमको सहजीकरण बिनु गुरुङले गर्नुभएको थियो । तालिमको समापन कार्यक्रममा वडा सदस्य तिलकुमारी बिकले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यपालिका सदस्य मधुमाया गुरुङले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment