आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीका विद्यालयमा शुक्रबारसम्म गर्मी बिदा

    प्रकाशित २०८१ जेष्ठ २९, मंगलबार (१ महिना अघि)


देवचुली । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि देवचुली नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् । देवचुली नगरपालिकाले जेठ ३० देखि ३२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट बिदा समायोजन गर्ने गरि ३ दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नवलपुरमा केही दिनदेखि गर्मी बढेको छ । यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि बढिरहेको छ । नवलपुरका मध्यबिन्दु र कावासोती नगरपालिकाले २८ गतेदेखि ३० गतेसम्म र गैंडाकोट नगरपालिकाले २९ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गरेका छन् ।

Write your Comment